गण्डकीमा डायलासिस गर्ने बिरामीले कुर्न नपर्ने
पाेखरा | बैशाख १३, २०८१
पोखरा: गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ ।
बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसमक्ष सो जानकारी गराइएको हो ।
मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले तथ्यांक प्रस्तुत गर्दै यस बारेमा प्रष्ट पारे ।
अब डायलासिल गर्ने बिरामीले कुर्न नपर्ने बताउदै शर्माले भने, ‘गण्डकी प्रदेशमा सेवा नपाएर प्रतिक्षारत अवस्थामा कोही पनि हुनुहुन्न । डायलासिस गर्ने बिरामी जानुभयो भने सेवा पाइन्छ’ ।
२०७९ साल माघको अध्ययन प्रतिवेदन अनुसार सरकारी १० र निजी ६ वटा गरी जम्मा १६ वटा संस्थाबाट डायलासिस सेवा दिने गरिएको थियो ।
त्यतिबेला ५ सय ७६ जना बिरामीहरुले डायलासिस सेवा लिइरहँदा ३ सय ३ जना डायलाइसिस सेवाको पर्खाइमा रहेका थिए ।
अधिकारी पहिलोपटक मुख्यमन्त्री हुँदा भएको मन्त्रीपरिषदको निर्णय अनुसार डायलासिस सेवा विस्तार गरेर, २५ शैया क्षमताको डायलासिस केन्द्र स्थापना, अन्य अस्पतालको क्षमता विस्तार गरेको कारण सेवाका लागि पर्खाइमा रहनेको संख्या शुन्यमा झार्न सफल भएको सचिव डा.शर्माले बताए ।
‘माननीय मुख्यमन्त्रीज्यूकै निर्णयबाट गण्डकी प्रदेशमा डायलासिस गर्नुपर्ने प्रतिक्षारत व्यक्तिको संख्या शुन्यमा झार्ने प्रण गरिएको थियो, त्यसमा गण्डकी प्रदेशले विशेष फड्को मारेको छ । जुन राष्ट्रिय रुपमा चर्चाको रुपमा आएको छ’ उनले भने ।
डायलासिसका लागि हाल प्रदेशमा १ सय ३६ वटा मेसिन सञ्चालनमा रहेका छन् ।
सचिव डा. शर्माले स्वास्थ्य तर्फको मन्त्रालयले हाँसिल गरेका उपलब्धि, कार्यगत संरचना, आगामी दिनमा गर्नुपर्ने कार्य लगायतका विषयमा जानकारी गराएका थिए ।
बिस्तारित ओपिडी सेवा बेनी अस्पताल म्याग्दी, लमजुङ अस्पताल, पर्वत अस्पताल, मध्यविन्दु अस्पताल, दमौली अस्पताल, स्याङजा अस्पताल र गोरखा अस्पतालमा सञ्चालनमा रहेको डा.शर्माले बताए ।
जनशक्तिको अभावमा सुचारु हुने नसकेका धौलागिरी अस्पताल, संक्रामक तथा सरुवा रोग अस्पताल कास्की, मातृशिशु मितेरी अस्पताल, मुस्ताङ अस्पताल र मनाङ अस्पतालमा सुचारु गर्ने प्रक्रियामा मन्त्रालय रहेको सुनाए ।
मन्त्रालयगत रुपमा भएका गतिविधिको बारेमा जानकारी लिएपछि मुख्यमन्त्री अधिकारीले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे । स्वास्थ्य क्षेत्रमा काम गर्नेले गर्व गर्नुपर्ने उनको भनाई थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...
फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ। तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो। ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...
पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ । पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

